Tuesday, May 19, 2026
Homeराजनीतिविद्या भण्डारीलाई एमालेले दियो सदस्यता

विद्या भण्डारीलाई एमालेले दियो सदस्यता

काठमाडौंः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

भण्डारीले यसअघि नै सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन् । तर त्यतिबेला पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । सोमबार बसेको सचिवालय बैठकले भने सदस्यता दिने निर्णय गरेको हो ।

अब भण्डारी सक्रिय राजनीतिमा आउने बाटो खुलेको छ । भण्डारीले एमाले नेतृत्वमै आउने आकांक्षा राखेकी छिन् । गत वर्षको ३ साउनमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष ओली कमजोर बन्दै गएपछि भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments