Tuesday, May 19, 2026
Homeखेलकुदस्कटल्यान्डलाई हराउँदै नेपाल पुग्यो आईसीसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा

स्कटल्यान्डलाई हराउँदै नेपाल पुग्यो आईसीसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ स्थानमा

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले स्कटल्यान्डमाथि शानदार जीत निकाल्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जीतमा कप्तान रोहित पौडेलले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७४ रन बनाएका थिए । इशान पाण्डेले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रनको योगदान दिए ।

स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमुलनले एक विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव १ ओभरमै १९४ रनमा समेटिएको थियो ।

जीतसँगै नेपाल २२ अंकसहित लिग–२ को अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । पराजित स्कटल्यान्ड भने ३८ अंकसहित शीर्ष स्थानमै कायम छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments