काठमाडौंः एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्त अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।
बैंकका ग्राहकहरूले मेदान्त अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुने जनाइएको छ ।
ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाइएको एनएमबी बैंकले जनाएको छ ।




