Tuesday, December 24, 2024
HomeUncategorizedग्रामथान गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकास तालीम

ग्रामथान गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकास तालीम

ग्रामथानः मोरङको ग्रामथान गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता विकाससम्बन्धी ५ दिने तालीम दिइएको छ । जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा भएको तालिम सोमबार सम्पन्न भएको हो ।

तालीममा बैठक व्यवस्थापन प्रणाली, नेतृत्व विकास, प्रभावकारी भाषण कला तथा उदघोषण, स्थानीय तहमा महिलाको सहभागिता तथा लैंगिक हिंसासमबन्धी कानुनी जानकारी, स्थानीय तहमा ऐन कानुन तथा कार्यविधि निर्माणलगायतको विषयमा तालीम दिइएको कार्यक्रम संयोजक पार्वती गच्छदारले बताइन् ।

तालीमका सहभागीहरुलाई नेपाल जेसीजका तालीम प्रशिक्षक सेवक बजगाईं, आन्तरिक मामिला तथा कानुन अधिकृत सुनिल रेग्मी, नेपाल जेसीज वर्ष २०२३ का मास्टर टट एलएन गच्छदार र महिला अधिकारकर्मी शोभा बजगाईंले सहजीकरण गरेका थिए ।

कार्यक्रममा पालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा कार्यालयका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा, कृषि शाखा, शिक्षा शाखा, सामाजिक शाखा, प्रशासन शाखा लगायतका कार्यालयका प्रमुख तथा कर्मचारी गरी ६५ जना भन्दा बढीको सहभागिता थियो ।

ग्रामथान गाउँपालिका उपाध्यक्ष गुनावतीदेवी थारुको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments