विराटनगरः जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ औँ साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस शेयरको प्रस्ताव पारित गरेको छ ।
जीवन विकासको चुक्ता पूँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँ रहेको छ । बोनस वितरण पछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुगेको छ ।
साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ ।