Monday, May 18, 2026
Homeअर्थअटोवेज अब मोरङमा, कोशीका निर्माण व्यवसायीलाई लक्षित सेवा

अटोवेज अब मोरङमा, कोशीका निर्माण व्यवसायीलाई लक्षित सेवा

बाँसबारीः पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटोवेज प्रालिको नयाँ शाखा सुन्दरहरैंचा–४ बाँसबारीमा सञ्चालनमा आएको छ । अटोवेजले कोशी प्रदेशका ग्राहकलाई लक्षित गर्दै आफ्नो नवौँ शाखा विस्तार गरेको हो ।

नयाँ शाखाको उद्घाटन नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष भीम घिमिरे र नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका महासचिव देवराज तामाङले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालका लागि बुल मसिन इण्डियाको आधिकारिक वितरक रहेको अटोवेजले विगत पाँच वर्षदेखि निर्माण उपकरणको बिक्री, वितरण र बिक्रीपछिको सेवा दिँदै आएको छ ।

सन् २००२ देखि अटोमोबाइल तथा निर्माण उपकरण क्षेत्रमा सक्रिय कम्पनीले गुणस्तरीय सेवा र विश्वसनीयतालाई आफ्नो पहिचान बनाएको जनाएको छ । अटोवेजकी सञ्चालक सन्ध्या पौडेलका अनुसार बाँसबारी शाखाबाट सुनसरी, मोरङ, झापा तथा आसपासका पहाडी जिल्लाका ग्राहकलाई सेवा दिइनेछ ।

शाखाबाट ४५ एचपीदेखि १०० एचपी क्षमतासम्मका ब्याकहो लोडर, लोडरलगायत बुल मसिनका निर्माण उपकरण बिक्री तथा वितरण गरिनेछ । कम्पनीले जुनसुकै भौगोलिक क्षेत्रमा सहज सेवा पुर्याउने उद्देश्यले २४ घण्टे ‘र्यापिड एक्सन टिम’ परिचालन गर्ने तयारी समेत गरेको जनाएको छ ।

अटोवेजका सेल्स हेड डिल्लीराम तिम्सिनाले नयाँ शाखाले कोशी प्रदेशको निर्माण, पूर्वाधार र औद्योगिक क्षेत्रमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments