धरानः श्रम संस्कृति पार्टीको कोशी प्रदेश तदर्थ कार्यसमिति चयन भएको छ । धरान–१० स्थित सैनिक भवनमा शुक्रबार समिति चयन भएको हो । तदर्थ समिति १३३ सदस्यीय रहेको सो पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा भएको भेलाले खोटाङका प्रताप राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । श्रमदाता र अगुवा श्रमदाताहरूको प्रतिनिधित्व रहने गरी समावेशी रूपमा गठन गरिएको समितिले प्रदेशमा पार्टीको नीति, श्रम संस्कृति र राजनीतिक एजेन्डालाई तल्लो तहसम्म पुर्याउने बताइएको छ ।
यस्तो छ समितिको नामावलीः
अध्यक्षः प्रताप राई (खोटाङ)
उपाध्यक्षः प्रतिभा सेख अन्सारी (सुनसरी)
उपाध्यक्षः दुर्गा पोखरेल (मोरङ)
उपाध्यक्षः एमके राई (सुनसरी)
उपाध्यक्षः राजेश दुलाल (इलाम)
सचिवः दीपक तिम्सिना (झापा)
सह–सचिवः नवीन राई (सुनसरी)
सह–सचिवः इन्दिरा राई (भोजपुर)
सह–सचिवः मनोज जिमी (संखुवासभा)
कोषाध्यक्षः प्रमाण राई (पाँचथर)
सह–कोषाध्यक्षः थोमस कुलुङ (सोलुखुम्बु)
प्रवक्ताः अभिनास लिम्बू (तेह्रथुम)
सह–प्रवक्ताः अमर लुहार (ताप्लेजुङ)
सह–प्रवक्ताः हेम केलाङ (पाँचथर)




