Sunday, May 17, 2026
Homeअर्थघरजग्गादेशभरका सुकुम्बासीको बृहत् प्रदर्शन बुटवलमा

देशभरका सुकुम्बासीको बृहत् प्रदर्शन बुटवलमा

बुटवलः नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा देशभरका सुकुम्बासीले आज रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ ।

बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन शुरु भएको प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी भएको बताइएको छ ।

दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएको उनीहरुको दाबी छ ।

विकल्पबिना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको, लखेट्ने कार्य गरेकाले प्रदर्शन गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments