काठमाडौंः आज नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।
पार्टीका अनुसार आज मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदै छ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।
नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ ।
२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा दुवै जना नेताको निधन भएको थियो ।




