विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित इन्द्रपुर समस्त भजन सञ्जालले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार काली मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामूहिक आध्यात्मिक गतिविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न भजन टोलीले भजन प्रस्तुत गरेका थिए ।
समाजमा नैतिकता, सद्भाव र मानव सेवाको महत्वबारे धार्मिक प्रवचनमार्फत् चर्चा गरिएको थियो ।




