Tuesday, December 24, 2024
Homeफिचरघलेम्दी हाइड्रोको ३२ लाख कित्ता अवितरित हकप्रद शेयरको आजदेखि लिलाम बिक्री

घलेम्दी हाइड्रोको ३२ लाख कित्ता अवितरित हकप्रद शेयरको आजदेखि लिलाम बिक्री

सुन्दरहरैंचाः घलेम्दी हाइड्रो लिमिटेडले अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीका लागि राखेको छ । कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि माघ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाइएको छ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । त्यसैगरी, लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सङ्ख्याका लागि कुनै हद तोकिएको छैन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments