Tuesday, December 24, 2024
Homeफिचररोजाइ मन्टेश्वरीको अभिभावक दिवसमा विद्यार्थीका विभिन्न प्रतिभा प्रस्तुत, अभिभावक र अतिथि मख्ख

रोजाइ मन्टेश्वरीको अभिभावक दिवसमा विद्यार्थीका विभिन्न प्रतिभा प्रस्तुत, अभिभावक र अतिथि मख्ख

विराटचोकः शनिबार रोजाइ मन्टेश्वरी स्कुल सुन्दरहरैंचाले आफ्नो दोस्रो अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसमा विद्यार्थीले नाटक, नृत्यलगायतका आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । एउटा प्रस्तुति वा मन्तव्य सकिएपछि फरकफरक विद्यार्थीले आगामी प्रस्तुतिको जानकारी दिएपछि मुख्य उद्घोषक सीता अधिकारीले नेपाली भाषामा उद्घोषण गर्थिन् ।

विद्यार्थीले नाटक, नृत्य र गायन प्रस्तुत गरेका थिए ।

नगरप्रमुख गुरागाईले विद्यालयमा विद्यार्थीले प्रस्तुत गरेका कला अभिनय उत्कृष्ट भएको बताए । संस्थागत विद्यालय दर्ता र कक्षा बिस्तारमा देखिएको समस्या समाधान गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

विद्यालय २०७१ सालमा स्थापना भए पनि बृहत् अभिभावक भेला गराएर अभिभावक दिवस भने गत वर्षदेखि मनाउन थालिएको कार्यकारी निर्देशक महेश आचार्यले बताए ।

विद्यालयकी प्रिन्सिपल मञ्जु आचार्यको सभापतित्व तथा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यमा भएको अभिभावक दिवसमा प्रत्येक कक्षाका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । यसैगरी शिक्षकलाई समेत विभिन्न विधामा अवार्ड प्रदान गर्नुका साथै नगद पुरस्कार पनि दिइएको थियो ।

विद्यालयकै प्राङ्गणमा आयोजित अभिभावक दिवसमा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो । हरेक वर्ष विद्यालय परिवार होमस्टे (घरबास) मा जाने र १ जना अभिभावक र विद्यार्थी पनि सँगै लाने सो कार्यक्रमका लागि चिठ्ठामार्फत् नाम घोषणा गरिएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments