Friday, May 8, 2026
Homeअर्थशेयरसाताको अन्तिम दिन १ प्रतिशत बढ्यो नेप्से, १२ समूहमा छायो हरियाली

साताको अन्तिम दिन १ प्रतिशत बढ्यो नेप्से, १२ समूहमा छायो हरियाली

विराटचोकः साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १.०१ प्रतिशत अर्थात् २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ ।

आज ३३५ कम्पनीको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच भएको छ ।

आज त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । होटल फरेष्ट इण्डको शेयरमूल्य ७.९० प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६.१२ प्रतिशत बढेको छ ।

बजार बढे पनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक अर्थात् ६.५४ प्रतिशत घटेको छ ।

होटल फरेष्ट इनको सबैभन्दा धेरै दिन १३ करोड ८६ लाख ९४ हजार ६४९ रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ्ग मिल्सको १३ करोड ६४ लाख ६० हजार ३८६ र सोलु हाइड्रोपावरको १२ करोड ३ लाख ११ हजार ४०३ रुपैयाँको शेयर किनबेच भएको छ ।

व्यापार समूहको परिसूचक स्थिर रहेको दिन बाँकी सबै समूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढ्दा जलविद्युत समूहको १.७१ प्रतिशत र निर्जीवन बीमा समूहको सूचक १.५२ प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८२ अर्ब ८६ करोड ३८ हजार ९८४ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments