विराटचोकः शेयर बजारमा आज केही सुधार देखिए पनि कारोबार रकमले भने साथ दिएको छैन । आज ०.३२ प्रतिशत अर्थात ८.७८ अंकले बढेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७१२.८६ विन्दुमा अडिएको छ ।
आज नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ७ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.४३ प्रतिशत, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फण्ड ०.४४ र अन्य ०.०८ प्रतिशतले बढेका छन् ।
आज व्यापार समूहमा सर्वाधिक ०.२९ प्रतिशतले गिरावट आउँदा विकास बैंक समूह ०.०४ प्रतिशत, फाइनान्स ०.१२, होटल ०.०६, लघुवित्त ०.२१ र निर्जीवन बीमा ०.१२ प्रतिशतले घटेका छन् ।
बढेको बजारमा आज सोलु हाईड्रोको सर्वाधिक अर्थात २३ करोड ५७ लाख १६ हजार ५५२ रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख, नेशनल हाईड्रोपावरको ११ करोड ५२ लाख, आँखु खोला जलविद्युतको ८ करोड १५ लाख र पाल्पा सिमेन्टको ७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
अपर लोहरे खोला हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ११.१६ प्रतिशतले बढ्दा सोलु हाईड्रोको ७.५६, धौलागिरी लघुवित्तको ७.०४ र झापा इनर्जीको शेयरमूल्य ४.८० प्रतिशतले बढेको छ ।
आज फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक अर्थात ९.३१ प्रतिशतले घट्दा सुपरखुदी हाईड्रोको शेयरमूल्य आज ३.१३ प्रतिशत र रावा इनर्जीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब २६ अर्ब ९२ करोड ३१ लाख ८० हजार ८१२ रुपैयाँ कायम भएको छ ।




