काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट ३ करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।
उनीहरुमध्ये लिम्बू र मगरले जापान पठाउने प्रलोभनमा पारेर ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए ।
थापाले कोरिया पठाउने भनी २६ जनाबाट १ करोड ५० लाख, शेर्पाले फ्रान्स लाने प्रलोभनमा पारेर ५ जनाबाट २८ लाख र गौतमले १ जनाबाट २७ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।




