विराटचोकः हिजो पनि सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२० प्रतिशत अर्थात् ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन र बैंकिङ समूह मात्रै बढे ।
अन्य समूह सर्वाधिक अर्थात ०.९७ प्रतिशतले घट्दा विकास बैंक समूह ०.४८ प्रतिशत, फाइनान्स ०.२०, होटल ०.०४, हाईड्रो ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बीमा ०.०२ र व्यापार ०.६३ प्रतिशतले घटेका छन् ।
रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक अर्थात् २६ करोड ७५ लाख ६८ हजार ४९० रुपैयाँको शेयर किनबेच हुँदा आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख, नेशनल हाईड्रोपावरको १९ करोड ३० लाख, शिवम् सिमेन्टको १७ करोड ३ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
श्रीनगर एग्रिटेकको शेयरमूल्य सर्वाधिक अर्थात् १२.५७ प्रतिशतले बढ्दा शिखर पावर डेभलपमेन्टको सेयरमूल्य ७.९१, एशियन हाईड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ प्रतिशतले शेयरमूल्य बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात १०.३८ प्रतिशतले घट्दा माईखोला हाईड्रोको शेयरमूल्य पनि आज ९.११ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ७१ अर्ब २ करोड ४७ लाख ६६ हजार ९९१ रुपैयाँ कायम भएको छ ।




