Friday, May 1, 2026
Homeअर्थखाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढे पनि घट्यो पेट्रोल, डिजेल...

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढे पनि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

विराटचोकः आजदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । जसअनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढेको छ भने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टीतेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ ।

एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments