Wednesday, April 29, 2026
Homeफिचरमोरङका रास्वपा सांसद गणेश कार्कीले गरे आफ्नै सरकारको विरोध, भन्छन्ः अध्यादेश ल्याउनु...

मोरङका रास्वपा सांसद गणेश कार्कीले गरे आफ्नै सरकारको विरोध, भन्छन्ः अध्यादेश ल्याउनु बहादुरी होइन

विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको भनी आफ्नो दलको सरकारको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले संविधानको मर्म पालना नगरी अक्षरमा आधारित अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन् ।

झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।

‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

यस्तो छ कार्कीले लेखेको स्टाटस जस्ताको तस्तैः
सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ ।

रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् ।

र, विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments