विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँले र चाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ आज प्रतितोला ४ हजार ९४५ रुपैयाँ निर्धारण भएको छ ।



