इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा सुरक्षित चालक कार्ययोजना अन्तर्गत ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
ई–रिक्सा चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति तथा ओभरलोडका कारण हुन सक्ने जोखिमका विषयमा जानकारी गराउनुका साथै ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सहभागी चालकहरूलाई सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राखी जिम्मेवार र अनुशासित ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।



