काठमाडौंः नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभएको छ । रसाइली संसदीय दल निर्वाचन समितिको संयोजक हुनुहुन्छ ।
यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आउनुभएको थियो ।



