Monday, April 27, 2026
Homeखेलकुदबैशाख १६ देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

बैशाख १६ देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौंः स्व. रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप बैशाख १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बैशाख १८ गतेसम्म हुने प्रतियोगितामा र्यापिडतर्फ २ लाख र ब्लिट्ज खेलतर्फ १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।

हालका नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसहित देशका उत्कृष्ट २ सय जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाइएको छ ।

प्रतियोगितामा खुला विधातर्फ र्यापिडमा क्रमशः ३५, २५ र १५ हजार तथा महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । ब्लिट्ल खेलमा खुलातर्फ १५, १० र ८ हजार र महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । विभिन्न विधा तथा उमेर समूहअन्तर्गतका उत्कृष्ट महिला सिनियर (५५ वर्षमाथि) रेटिङ १८ सय र १६ सय भन्दा कम, अनरेटेड तथा जुनियर (यु १२, १४, १६) सहित ४४ जना खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments