Monday, April 27, 2026
Homeखेलकुदएन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश जान लगाइयो रोक

एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश जान लगाइयो रोक

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखी विदेश भ्रमणमा रोक लगाइएको छ ।

अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको हुनाले सोही अनुसार कालोसूचीमा राखिएको छ ।

सो पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो । त्यसपछि गृह मन्त्रालयबाट अध्यागमनमा पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको बताइएको छ ।

पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ । आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिना निलम्बन गरेको थियो ।
साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए । त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानविनका लागि उपसमिति गठन गरेको थियो । सो समितिले नै आर्थिक विषयमा छानविन गर्नुपर्ने भन्दै एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्दै विदेश जान नदिन सुझाव दिएको थियो ।

परिषदले एन्फाको विषयमा छानविन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments