Wednesday, April 29, 2026
Homeराजनीतिकांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

अब बस्ने संसदीय दलको बैठकबाट उनको नाम अनुमोदन गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको थियो । उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । गत पुसमा भएको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments