Monday, April 27, 2026
Homeराजनीतिदेशभरका सुकुम्बासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने

देशभरका सुकुम्बासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने

विराटचोकः देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने भएको छ ।

हालै सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएपछि आक्रोशित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई सङ्गठित गर्ने घोषणा गरेका हुन् ।

आज दिउँसो सवा १२ बजे सामाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै उनले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध गरेका छन् ।

दुई दिने बिदाप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘शुक्रबार बेलुका माइकिङ हुन्छ । शनिबार बिहानैदेखि डोजर चल्छ । आइतबार बेलुकासम्ममा सबै भत्किइसक्छ । न स्टे अर्डर, न रिट ।’

सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी गरेदेखि नै साम्पाङले यसको विरोध गरिरहेका थिए । बस्ती खाली गरेपछि उनले लगातार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुकुम्बासीहरूलाई सङ्गठित हुन आह्वान गर्दै त्यसको नेतृत्व श्रम संस्कृतिले लिने बताएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments