इनरुवाः नगर प्याब्सन इनरुवाको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको सहकार्यमा विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूलाई लक्षित गरी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
इनरुवा नगरपालिका–३ स्थित लक्ष्मी पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक विकास थपलियाले सुरक्षित सवारी सञ्चालन, विद्यार्थी सुरक्षा, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी चलाउँदा हुने जोखिमका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले ‘स्कुल बस निर्देशिका, २०७४’ बमोजिम सवारी साधन सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।



