Sunday, April 26, 2026
Homeसमाचारचट्याङ लागेर मोरङमा दुई महिला घाइते, एक जना गम्भीर

चट्याङ लागेर मोरङमा दुई महिला घाइते, एक जना गम्भीर

विराटनगरः मोरङको पथरी र धनपालथानमा आज बिहान परेको चट्याङका कारण दुई जना महिला घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२ कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते भएकी हुन् । आफ्नै भान्सा घर अगाडि उभिइरहेका बेला उनलाई चट्याङ लागेको थियो ।

उनको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा ल्याई उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२ पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ्नै घरमा बसिरहेको बेलामा चट्याङ लाग्दा गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments