Sunday, April 26, 2026
Homeराजनीतिरास्वपाबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीः रवि ३२ दिनमा बिदा हुँदा सुधनले मन्त्रालय सम्हाले...

रास्वपाबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीः रवि ३२ दिनमा बिदा हुँदा सुधनले मन्त्रालय सम्हाले २७ दिन

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गृहमन्त्री सुधन गुरुङले कार्यकालको एक महिना पनि पूरा नगरी गत बुधबार राजीनामा दिएका छन् । शंकास्पद व्यापारीसँगको रहस्यमय आम्दानीबाट शेयर लगानी गरेकोमा प्रश्न आएसँगै गुरुङ राजीनामा दिन बाध्य भएका हुन् ।

योसँगै रास्वपाबाट शुरुमा गृहमन्त्री हुनेले धेरै समय काम गर्न नपाएको भनी टिप्पणी हुन थालेको छ ।

गृह मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार १३ माघ २०७९ मा तत्कालीन रास्वपाका सभापति तथा प्रचण्ड सरकारका गृहमन्त्री रवि लामिछानेले पनि ३२ दिनमा नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

२०७९ सालको ११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका रविले ३२ दिनमा सर्वोच्च अदालतले सांसद हुन अयोग्य फैसला गरेपछि राजीनामा दिएका थिए ।

नेपाली र अमेरिकी दुवै पासपोर्ट एकै पटक प्रयोग गरको मुद्दामा उनी सांसद बन्न अयोग्य ठहरिएका थिए ।

अहिले सुधन गुरुङ शेयर लगानीसँग सम्बन्धित विषयमा विवादित भएपछि २७ दिनमै मन्त्रिमण्डलबाट बाहिरिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments