Sunday, April 26, 2026
Homeअर्थसवारीभोजपुर–चखेवा सडक २४ घण्टापछि आंशिक खुला

भोजपुर–चखेवा सडक २४ घण्टापछि आंशिक खुला

भोजपुरः हिजो साँझको वर्षापछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जोड्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोलामा लगाइएको मोटरेबल पुल बाढीले बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको थियो । पुलसँगै आसपासको सडक संरचना पनि क्षतिग्रस्त हुँदा वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न कठिन बनेको थियो ।

हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सडक विभागले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः सञ्चालनका लागि काम गरिरहेको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments