Thursday, April 23, 2026
Homeराजनीतियस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडौंः आज बसेको मन्त्रिपरिषदको बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ ।

प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।

यसअघि २०७५ भदौ १ गते तत्कालीन मन्त्रिपरिषदले प्रहरी प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवरेज म्यानेजमेन्ट प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments