प्युठानः भारतीय तीर्थयात्रुलाई लिएर प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा ५ बालबालिकासहित २१ जना घाइते भएका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको र अरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।



