Thursday, April 23, 2026
Homeअपराधखाली घरमा एसी जोडेर तास खेलिरहेका ६ जना पक्राउ

खाली घरमा एसी जोडेर तास खेलिरहेका ६ जना पक्राउ

विराटनगरः खाली घरलाई तास खेल्न उपयोग गरेको भेटेपछि प्रहरीले ६ जनालाई हिजो राति पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एउटा खाली घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले राति करिब ८ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर–६ का ५७ वर्षीय खगेन्द्र गिरी, ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर–१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर–१२ का ५७ वर्षीय भरत प्रसाईं, ५६ वर्षीय राजु रन्जितकार र विराटनगर–१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन् ।

प्रहरीका अनुसार खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थान बनाइएको पाइएको छ । त्यहाँ दिनहुँ तास खेल्ने गतिविधि हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र तास खेल्दा गर्मी नहोस् भनेर एसी जडान गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले छापा हानेर ६ जनालाई पक्राउ गर्दै तीन बुक तास, नेपाली नगद ४४ हजार १६५ रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई बरामद रकम र ताससहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments