विराटचोकः बुक बिल्डिङ निर्देशिका बमोजिम शेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता भएका कम्पनीको संख्या ७ पुगेको छ ।
नेप्सेले यसअघि ५ कम्पनीको सूची सार्वजनिक गरेकोमा पुनः २ कम्पनी थपेर सूचना जारी गरेको हो । पछि थपिएकामा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन् ।
यसअघि जारी सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड थिए ।
यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको सिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन् ।



