Thursday, April 23, 2026
Homeअपराधकोशीका ४ जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

कोशीका ४ जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

विराटचोकः प्रहरीले झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका–११ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित र कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरिबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

मोरङको विराटनगर–१६ बाट इलाका प्रहरी कार्यालय रानी, रानी (सीमा) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले सुन्दरहरैचा–५ का समीर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी चौकी भागलपुर उदयपुरले बेलका–१ बाट स १० प ७८०१ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र मोटरसाइकल पछाडी सवार श्यामकुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments