Wednesday, April 22, 2026
Homeराजनीतिप्रलोपाको अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले छोडे पार्टी, श्रम संस्कृतिमा आबद्ध हुने...

प्रलोपाको अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले छोडे पार्टी, श्रम संस्कृतिमा आबद्ध हुने तयारी

विराटचोकः प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनी श्रम संस्कृति पार्टीमा आबद्ध हुने अनुमान गरिएको छ ।

जेनजी आन्दोलनपछि करिब ५ महिना प्रलोपामा बिताएका किरातीले यो अवधिको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ मान्दै पार्टीका साथीहरू र नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यक्तिगत सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरेका छन् ।

पार्टी परित्याग गरे पनि उनी राजनीतिबाट भने टाढा नबसी ‘श्रम संस्कृति पार्टी’ मा आबद्ध हुने तयारीमा रहेको बताइएको छ । गत निर्वाचनमा उनले गृहजिल्ला भोजपुरमा प्रलोपाको उम्मेद्वार नउठाएर श्रम संस्कृति पार्टीलाई सहयोग गरेका थिए । अन्य केही क्षेत्रमा पनि उनले श्रम संस्कृतिलाई सघाएपछि प्रलोपाभित्र उनको चर्को आलोचना र विरोध भइरहेको थियो ।

फेसबुकमा उनले लेखेका छन्, “मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा म निरन्तर अघि बढ्नेछु ।”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments