Wednesday, April 22, 2026
Homeसमाचारविद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य गर्न निर्देशन, छुट नदिए सोझै उजुरी...

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य गर्न निर्देशन, छुट नदिए सोझै उजुरी गर्न सकिने

विराटचोकः सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई कानुन बमोजिमको छुट उपलब्ध गराउन कडा विभागले पत्राचार गरेको हो ।

पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुव्र्यवहार गरेको भन्दै धेरै गुनासाहरू दर्ता भएका थिए । यसै सन्दर्भमा विभागका निर्देशक गणेशमान सिंह राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘विगतका निर्णयहरू अनुसार विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनु व्यवसायीको दायित्व हो । सार्वजनिक यातायातका साधनहरूमा यो सहुलियत उपलब्ध नगराइएको गुनासो आएकाले यसलाई तत्काल कार्यान्वयन गर्न निर्देशानुसार अनुरोध गरिन्छ ।’

विभागले सबै यातायात श्रमिक र व्यवसायीलाई विद्यार्थी परिचयपत्रका आधारमा तोकिएको छुट दिन र विद्यार्थीहरूसँग मर्यादित व्यवहार गर्न समेत आग्रह गरेको छ ।

२०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments