विराटचोकः सुकुना माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी युगान्सु रिजालले भारतको सिक्किममा आयोजित विज्ञान तथा नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार जित्नुभएको छ ।
सिक्किम सरकारको विज्ञान विभागको संयोजनमा सम्पन्न प्रदर्शनीमा विद्यालयका तर्फबाट ‘सुकुना रोबोट’, ‘क्युब स्याटेलाइट’, ‘भोकल ग्लोब्स’ र ‘स्मार्ट हाईटेन्सन लाइन’ लगायत चारवटा परियोजना प्रस्तुत गरिएको थियो । ती परियोजनासहित चार जना विद्यार्थी सहभागी भएका थिए ।



