काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गरेको छ ।
अब कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा र प्रि–ओपन सेसनको मापदण्ड परिवर्तन गर्ने क्रममा रहेको बताइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा कुनै कम्पनीको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको बताइएको छ ।
त्यस्तै, प्रि–ओपन सेसन अर्थात् नियमित कारोबार शुरु हुनुपूर्व बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म को मूल्य सीमामा पनि संशोधन गरी प्रतिशत पुर्याइने भएको छ । उता, समग्र बजार सूचक (नेप्से इन्डेक्स) मा पनि परिवर्तन हुने भएको छ । यसअघि ४, ५ र ६ प्रतिशतको सीमालाई बढाएर ५ र ८ प्रतिशतमात्रै बनाइने भएको छ ।
नेप्से सञ्चालक समितिको बैठक बसेर यो नयाँ व्यवस्था लागू हुने बताइएको छ ।



