विराटचोकः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २२५ केजी गाँजासहित गाँजा ओसारपसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा हिजो राती ९ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी सो परिमाणको गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।
प्लास्टिकको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २२५ केजी गाँजासहित सो गाँजा ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँगै को. ३० प ९४७५ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



