Wednesday, April 15, 2026
Homeअर्थशेयरनयाँ वर्षको पहिलो शेयर कारोबार भएको दिन सूचकमा ३३ अङ्कको वृद्धि

नयाँ वर्षको पहिलो शेयर कारोबार भएको दिन सूचकमा ३३ अङ्कको वृद्धि

विराटचोकः आज नयाँ वर्ष २०८३ सालको पहिलो पटक शेयर कारोबार हुँदा नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ अङ्कमा अडिएको छ । सबै समूहमा हरियाली छाएको छ ।

होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् ३.१६ प्रतिशतले बढेको दिन आज नेप्सेमा सूचीकृत ३४४ कम्पनीको शेयर किनबेच भएको छ । १ लाख २३ हजार ३५९ पटककको कारोबारमा २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको शेयर कारोबार भएको छ ।

व्यापार समूह २.३३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, बैंकिङ समूह १.३० प्रतिशत, फाइनान्स समूह १.२१ प्रतिशत, लगानी समूह ०.८९ प्रतिशत, जीवन बीमा समूह ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६४ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.५६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३९ प्रतिशत र अन्य समूह ०.१० प्रतिशतले बढेको छ ।

बढेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्ट कम्पनी, सुपर खुदी हाइड्रो र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १० प्रतिशत बढेको हो । सोलु हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र ओरियन्टल होटल्स पनि उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

लगातार शेयरमूल्य बढिरहेको रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । सो कम्पनीको शेयरभाउ ५.६१ प्रतिशतले घट्दा उपकार लघुवित्तको ४.४४ प्रतिशत मूल्य घटेको छ ।

बढेको बजारमा शिवम् सिमेण्ट्सको सर्वाधिक ५८ करोड ९ लाख ६३ हजार ४३८ रुपैयाँको शेयर किनबेच भएको छ । नेशनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ८९ अर्ब ६० करोड १२ लाख ५६ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments