विराटचोकः वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरुले २०८३ बैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर औसतमा ० दशमलव ०९४ प्रतिशतले घटेको हो ।
चैत महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो । चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्याजदर दिँदै अरु चार बैंकले घटाए पनि एनएमबि बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.४९४ प्रतिशतविन्दु रहेकोमा बैशाखका लागि घटेर ४.४ प्रतिशतविन्दुमा झरेको हो । ७ बैंकहरुले ब्याजदर घटाएसँगै औसत ब्याजदर घटाएका हुन् ।
बैशाख महिनाका लागि स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् ।
संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.०६३ प्रतिशतबिन्दु घटेर ३.२२९५ प्रतिशतविन्दुमा झरेको छ ।



