Tuesday, April 14, 2026
Homeफिचरशैक्षिक सत्र बैशाख १५ मा शुरु हुने, यी शीर्षकमा लिन पाइन्छ शुल्क

शैक्षिक सत्र बैशाख १५ मा शुरु हुने, यी शीर्षकमा लिन पाइन्छ शुल्क

विराटचोकः सरकारले २०८३ को शैक्षिक सत्र बैशाख १५ गतेबाट शुरु गर्ने निर्णय गरेको छ । गत २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ बैशाखबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारले जारी गरेको शुल्क निर्धारण मापदण्डमा १४ वटा शीर्षकमा शुल्क लिन पाइने व्यवस्था छ । मासिक पढाइ शुल्क, वर्षिक शुल्क, भर्ना शुल्क, धरौटी शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण शुल्क, विशेष प्रशिक्षण शुल्क, आवास शुल्क, भोजन शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण, अन्तर विद्यालय प्रतियोगिता सञ्चालन र शैक्षिक सामग्री शुल्क लिन पाइने भएको हो ।

मासिक पढाइ शुल्क १२ महिनाको लिन सकिने मापदण्डमा उल्लेख छ । भर्ना शुल्क भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको मासिक शुल्कको १ महिनाको शुल्क बराबर लिन पाइने व्यवस्था छ । त्यसैगरी, वार्षिक शुल्क २ महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाइने भएको छ ।

परीक्षा शुल्क प्रत्येक कक्षाको लागि स्वीकृत मासिक पढाइ शुल्कको प्रतिशतमा नबढाई वार्षिक वा किस्तामा लिनुपर्ने व्यवस्था छ । परीक्षाको मापदण्डमा सञ्चालित सम्पूर्ण खर्च र स्थानान्तरण प्रमाणपत्र छपाइापतको खर्च यसैभित्र समेट्नुपर्ने भनिएको छ ।

शैक्षिक सामग्री शुल्कबापत मासिक पढाइ शुल्कको १० प्रतिशत मात्र वर्षमा एक पटक लिन पाइने भनिएको छ । यस शीर्षकमा उठाइएको रकमको ७० प्रतिशत सोही कक्षाको लागि आवश्यक शैक्षिक सामग्रीमा खर्च गर्नुपर्नेछ । बाँकी ३० प्रतिशत रकमको कुल विद्यार्थीको कुल योग अङ्कको हुन आउने रकम स्थायी प्रकृतिको शैक्षिक सामग्रीमा खर्च गर्नुपर्नेछ ।

रजिस्ट्रेसन तथा एसईई आवेदन शुल्क सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । जिल्लास्तरीय परीक्षा शुल्क उक्त परीक्षा समितिले निर्धारण गरेभन्दा बढी लिन नपाइने भनिएको छ ।

स्थानान्तरण प्रमाणपत्र लिई आउने विद्यार्थीलाई प्रवेश परीक्षा वापत बढीमा १०० रुपैयाँ र फाराम शुल्कबापत २५ रुपैयाँसम्म शुल्क लिन सकिने छ । आवास व्यवस्थापनको शुल्क निर्धारण गर्दा आवासीय विद्यार्थीहरूको अभिभावक र विद्यालयबीच भएको सहमतिअनुसार हुने बताइएको छ ।

बैशाख १५ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्ने सरकारको निर्णयको आलोचना पनि भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments