Tuesday, April 14, 2026
Homeअर्थमोरङको जीवन विकास, बाँकेको युनिक नेपाल र काभ्रेको मानुषी लघुवित्तबीच भयो मर्जर...

मोरङको जीवन विकास, बाँकेको युनिक नेपाल र काभ्रेको मानुषी लघुवित्तबीच भयो मर्जर सम्झौता

विराटचोकः मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भएको छ ।

मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने र केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहने सम्झौता भएको छ । जीवन विकासका हालका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्ने भएका छन् ।

मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको र २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न भइसक्ने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments