काठमाडौंः वर्तमान मन्त्रिपरिषद्का सदस्यको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माइतीघरमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।
उनीहरूले सुनखानी प्रधानमन्त्री, शेयर खानी गृहमन्त्री, झन्डा नीलो मन्त्रिपरिषद् पहेँलो, मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार लगायत विभिन्न नारा उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले आइतबार सार्वजनिक गरेको थियो ।
सार्वजनिक भएको सम्पत्ति विवरणको विषयलाई लिएर गृहमन्त्री सुधन गुरुङले सम्पत्ति कमाउनु अपराध नभएको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेपछि भएको चर्काे आलोचनापछि उनले सो स्टाटस हटाएका छन् ।



