विराटचोकः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रीहरुको सम्पत्तिमा सुन, चाँदी, घर, जग्गा, शेयरलगायत देखिएको छ ।
नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।
सबैभन्दा धेरै सुन प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमतीसँग १९० तोला गरगहना रहेको उल्लेख छ ।
उद्योगमन्त्री गौरी कुमारीसँग सुनमात्रै १८० तोला रहेको छ ।
त्यसपछि धेरै सुन हुनेमा गृहमन्त्री सुधन गुरुङ रहेका छन् । उनीसँग ८९ तोला सुन रहेको छ ।
श्रम मन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहतासँग ३० तोला सुन रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग २५ तोला, शिक्षामन्त्री सस्मित पोखरेलसँग २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, सञ्चारमन्त्री विक्रम तिमल्सिनासँग साढे १९ तोला सुन रहेको छ ।
महिला बालबालिकामन्त्री सीता वादीसँग १८ तोला, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला, कानुनमन्त्री सोविता गौतमसँग १५ तोला, पर्यटनमन्त्री खड्कराज पौडेलसँग ११ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको छ ।



