Sunday, April 12, 2026
Homeकला र साहित्यगायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन

गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन

विराटचोकः प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भोस्ले केही समय अघिदेखि अस्वस्थ थिइन् । मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

भारतीय सङ्गीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक भोस्लेले दशकौंसम्म हजारौँ हिन्दी चलचित्रका गीत गाएकी थिइन् ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर……’, ’गैरीखेतको शिरै हान्यो…..’, ’मोहनी लाग्ला है….’ लगायतका नेपाली गीत पनि गाएकी छिन् ।

भोलि उनको मृत शरीरको अन्तिम संस्कार गरिने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments