Tuesday, April 7, 2026
Homeअपराधगोली प्रहार गरी रूपन्देहीबाट प्रहरीले नियन्त्रणमा लियो ३ जना लागूऔषध कारोबारी

गोली प्रहार गरी रूपन्देहीबाट प्रहरीले नियन्त्रणमा लियो ३ जना लागूऔषध कारोबारी

बुटवलः प्रहरीले गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय र नेपालको रोहिणी–२ खुरूहुरियाका विशाल यादव छन् । उनीहरूबाट प्रहरीले ३ हजार ३ सय एम्पुल लागूऔषध बरामद गरेको छ ।

कोटहवामा लागूऔषध कारोबार हुन लागेको भन्ने सूचना पाएको प्रहरीले चेकप्वाइन्ट खडा गरी युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो । सो मोटरसाइकल भाग्ने क्रममा अचानक लडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गा प्रहार भएको थियो । सो क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले शुरुमा हवाई फायर गरेको थियो । ढुङ्गा प्रहार गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले घुँडामा गोली प्रहार गरेको थियो ।
गोली लागेर विशाल घाइते भएका छन् । उनलाई प्रहरीले उपचारका लागि भीम अस्पताल पठाएको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments