Tuesday, April 7, 2026
Homeअर्थइन्धन खर्च नियन्त्रणका लागि सरकारी इन्धन सुविधा कटौती गर्दै अर्थ मन्त्रालय

इन्धन खर्च नियन्त्रणका लागि सरकारी इन्धन सुविधा कटौती गर्दै अर्थ मन्त्रालय

काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति दबाब र राजस्व सङ्कलन अपेक्षाअनुसार नभएको अवस्थालाई मध्यनजर गर्दै इन्धन खर्च नियन्त्रण गर्दै सार्वजनिक खर्चमा कडाइ ल्याउने निर्णयस्वरूप अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीका लागि उपलब्ध इन्धन सुविधा घटाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को संशोधनलाई मन्त्री वाग्लेले सोमबार स्वीकृति दिएका हुन् ।

यससँगै उच्च पदस्थ कर्मचारीको इन्धन सुविधा उल्लेख्य रूपमा घटाइएको छ । यसअघि मासिक १२५ लिटर पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका अधिकारीले अब ७० लिटर मात्र पाउनेछन् । त्यस्तै, १०० लिटर सुविधा पाउँदै आएका सहसचिवहरूले ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारीको हकमा भने पुरानै व्यवस्था यथावत रहने भएको छ ।

केन्द्रीय कार्यालयका सवारी साधनका लागि उपलब्ध इन्धन पनि आधाभन्दा बढी घटाइएको छ । ३० जना कर्मचारीसम्म भएका कार्यालयले पाउँदै आएको ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल घटाएर अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेलमा सीमित गरिएको छ । यही मापदण्ड थप कर्मचारी भएका कार्यालयहरूमा पनि लागू हुने गरी पुनः निर्धारण गरिएको छ ।

मोटरसाइकल तथा अन्य दुई पांग्रे सवारी साधनका लागि दिइने मासिक पेट्रोल सुविधा पनि कटौती गरिएको छ । यसअघि १२ लिटर पाउँदै आएका कर्मचारीले अब अधिकतम ८ लिटर मात्र पाउने भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments