काठमाडौंः लागूऔषध कारोबारको आशङ्कामा काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ ।
प्रहरीले उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको बताएको छ ।
गोली हानेर नियन्त्रण गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई सामान्य चोट समेत लागेको हुनाले उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।
कारोबारीबाट अन्दाजी एक किलो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।



