विराटचोकः हिजो बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरी सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै नेपाल राष्ट्र बैंकले पनि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक बिदा तथा कार्यालय समयका विषयमा नयाँ व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले आफू मातहतका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय तथा इकाईहरुमा आजदेखि नै लागू हुने गरी कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरेको छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय चाहिँ बिहान ९ बजेदेखि अपराहन्न ४ बजेसम्म कायम गरिएको छ ।



